पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका आफ्नाे पार्टीकी सांसद विमल वलीलाई 'बन्धक बनाएकाे' घटनाप्रति आपत्ति जनाएकाे छ ।
नेकपा माओवादी केन्द्रको शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सांसद वलीलाई मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा बन्धक बनाएको घटनाप्रति आपत्ति जनाउँदै घोर निन्दा र भत्सर्नासमेत गरेको हाे । माओवादीले याे प्रकरण लोकतन्त्र, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथि लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको ठान्दै यसलाई राजनीतिमा हदैसम्मकाे क्रियाकलाप भनेकाे छ ।
यस्तै बैठकले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ । तर बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा भने छलफल नगरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । प्रदेश सभा सदस्य वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाइएको बताउनुभएको थियो ।
उहाँले गठबन्धनभित्र मन्त्रालयको टुङ्गो नै लगाउने काम नभएकाले पार्टी भित्रबाट कुन व्यक्तिलाई पठाउने भन्ने विषयमा छलफल नभएको तर्क गर्नुभयो । प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ । गठबन्धनभित्र मन्त्रालय कसले पाउने भन्ने टुङ्गो नलागेकाले पार्टीभित्र कसलाई पठाउने भन्ने विषयमा छलफल गरिएको छैन । एक/दुई दिनभित्र सरकारले पूर्णता पाउने गरी गठबन्धनभित्र छलफल हुन्छ ।’
बैठकले सत्तारुढ गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरेको छ । त्यसैगरी माओवादी केन्द्रले सुकुम्वासी, भूमिहीन किसान, दलित, अव्यवस्थित बसोवासकाे समस्या समाधान तथा कार्यान्वयन गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।
सरकारले केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोग खारेज गरेपछि माओवादी केन्द्रले उच्चस्तरीय आयोग तत्काल गठन गरी त्याे समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको हो । संविधान र कानुनको परिधिमा रही ती समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई अनुरोध गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।