एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टी भित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताउनुभएको छ ।
वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टी भित्र समस्या पैदा गरेको भन्दै ती समस्या समाधान गरेर अघि बढ्न आफूले चाहिरहेको बताउनुभएको हो ।
शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पार्नु भयो ।
‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे । सामूहिकताका भावनाहरु हराउन थाले । यही कारण हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखा पर्यो', उहाँले भन्नुभयाे, 'त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं । पार्टी भित्रका रोगको सही पहिचान गर्नका लागि हामी तयार छौं, यही उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौं ।’
यस्तै नेता नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो बाँदरे नाच नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो । इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पुर्याउने काम कसैले पनि गर्न नहुने उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।