एमाले स्थायी कमिटी बैठकले विधान संशाेधन सम्बन्धी प्रस्ताव पारित गर्‍याे

 साउन २५, २०७८ सोमबार १५:१२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशाेधन सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज सोमवार बसेको स्थायी कमिटी बैठकले विधान संशाेधन सम्बन्धी प्रस्ताव पारित गरेको हो । स्थायी कमिटी बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने भनेर पास भयो ।’

एमालेको केन्द्रिय कमिटी बैठकमा पनि केहीबेरपछि तुलसीलाल स्मृति प्रतिष्ठान भवनमै बस्नेछ । बैठकले स्थायी कमिटी बैठकले पारित गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।

आउँदाे भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशनको मिति तोकिएको छ । वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको कुनै पनि साङ्गठनिक गतिविधि अघि नबढाउन आग्रह गरिरहेका बेला संस्थापन पक्षले भने विधान महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको हो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया