जसपा अध्यक्षबाट महन्थ ठाकुरकाे नाम हट्याे, कार्यकारिणी समिति ३५ सदस्यीय

 साउन २५, २०७८ सोमबार १७:४१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाएको छ । आयोगले नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै अध्यक्ष ठाकुरसहित १६ जनाको नाम हटाएर ३४ सदस्यीय समितिको अभिलेखीकरण गरेको हो । 

जसपाको आधिकारिकता विवादमा आयोगले गरेको 'हेडकाउन्ट' मा ठाकुर पक्षमा मत दिएका १६ जनाबाहेक केन्द्रीय कार्यकारिणी सदस्यबाहेकको नाम कार्यकारिणी समितिमा अभिलेखीकरण भएको छ । 

जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव अध्यक्षताको बैठकले गरेको निर्णयलाई वैधता दिएर अभिलेखीकरण गरिएको आयोगले जनाएको छ ।

अब महन्थ ठाकुर जसपाको अध्यक्ष पदबाट स्वतः हट्नुभएको छ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया