तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण

 साउन २६, २०७८ मंगलबार १४:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । 

यही साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि धामी बेपत्ता भएको घटना सार्वजनिक भएको थियो ।  

सरकारले यस घटनाको छानबिनका लागि यही साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन टोलीलाई १० दिनको समयसीमा दिइएको छ ।  

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया