‘एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?’ : केपी ओली

 साउन २६, २०७८ मंगलबार १४:५५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख किन नगरेको भन्दै आश्चर्य व्यक्त गर्नुभएको छ । 

‘प्रधानमन्त्रीज्यू, एमसीसी के गर्नुहुन्छ ? नेपाली नागरिकले जान्न चाहेको छ,’ ओलीले भन्नुभयाे, ‘कुन छिमेकीसँग कुन–कुन सीमा समस्या भएको हो, असमान सन्धि–सम्झौता कहाँ कोसँग भएको हो ? त्यो पनि स्पष्ट भन्नुहोस् ।’ 

एमसीसीबारे साझा न्यूनतम कार्यक्रममा केही उल्लेख नगरेको बरु आफूले पहिले एमसीसी पास गर्नुपर्ने भनेको भिडियो क्लिपको प्रचार गर्ने काम भइरहेको ओलीको भनाइ छ । 

यस्तै कालापानी, लिम्पियाधुरा र कालापानीमा रहेको सीमा विवाद समाधान गरिने उल्लेख गरेको तर भूमि फिर्ता ल्याउने विषय उल्लेख नगरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया