काठमाण्डौमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयाे

 साउन २७, २०७८ बुधबार ८:१२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति एक बजे काठमाण्डौको अनामनगरमा रोकि राखेको प्रदेश–३ ०१–००६ ख ०७९७ नम्बरको टिप्परमा बा २ ब ७५९८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुर्खेतका २९ वर्षीय सन्देश बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका बुढाथोकीको उपचारका क्रममा सिभिल अस्पताल नयाँबानेश्वरमा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, काठमाण्डाैकै नयाँ बसपार्कमा आफैँ चढेको बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । लु २ ख ५२ ४२ नम्बरको बसबाट ओर्लिएका कपिवस्तुका ८० वर्षीय कुतबुल्ला मुसलमानलाई त्यही बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । हिजो बेलुका साढे सात बजे दुर्घटनामा  परेका उहाँको राति ११ बजे उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: कात्तिक २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया