एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रदीप पाैडेलले सरकारले ल्याउन लागेकाे दल विभाजन सम्बन्धी अध्यादेशकाे विराेध गर्नुभएकाे छ ।
आज मङ्गलवार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेखेर नेता पाैडेलले हिजाे केपी शर्मा ओलीले संसद् छलेर अध्यादेश ल्याउँदा प्रतिपक्षमा रहेकाे कांग्रेसले त्यसकाे डटेर प्रतिकार गरेकाे उहाँले बताउनुभएकाे छ ।आज फेरि संसद् अधिवेशन गरेर ल्याएकाे अध्यादेश हिजाेकाे प्रवृत्ति भन्दा फरक नभएकाे नेता पाैडेलले बताउनुभएकाे छ ।
साथै उहाँले असंवैधानिक काम गर्ने जाे काेहीलाई ढाकछाेप गर्नु लाेकतन्त्र र संविधानमाथिकाे प्रहार भएकाे उहाँकाे भनाइ छ ।
उहाँले लेख्नुभएकाे छ, ‘आज संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक छैन । असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिकाे प्रहार हो ।’
— Pradip Paudel (@paudelpradipNC) August 17, 2021
सरकारले आजै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्याएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।