एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले गरेको एकलौटी निर्णय तत्काल फिर्ता लिन दबाब दिएको छ ।
आज मङ्गलबार काठमाण्डाैकाे नयाँ बानेश्वरमा रहेकाे एक होटलमा बसेको नेपाल पक्षका नेताहरूको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णय तत्काल फिर्ता नलिए आफूहरू जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता विरोध खतिवडाले भन्नुभयो, ‘हामी २२ जना सांसदले भेटघाट गरेका हौँ, जसमा वर्तमान स्थितिको, अध्यादेश आएको विषयमा, केपी ओली गुटले दुई सय ६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको, जालझेललाई कसरी क्रस गर्ने भन्ने विषयमा परामर्श भयो । हाम्रा लागि अध्यादेश आएको होइन, हामी त ३०/४० प्रतिशत नै छौँ, बरु महन्थ ठाकुरजीहरूका लागि सजिलो पार्न २० प्रतिशत भए पार्टी फुटाउन पाउने अध्यादेश आएको होला ? केपी ओलीले जालझेल गरेर गरेका निर्णय फिर्ता नलिए आवश्यकताले अघि बढ्छौँ, केपीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा छ, हामी अन्तिमसम्म एकता होस् भन्ने प्रयत्न गर्नेछौँ ।’
बैठकमा माधव पक्षका नेताहरूले सरकारले ल्याएको अध्यादेशका विषयमा पनि छलफल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।