एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेले माधवकुमार नेपालसहित १४ नेतालाई सांसदबाट हटाउने निर्णय गरेको छ । एमालेले संसद् सचिवालयमा पत्र पठाएर पार्टीको निर्णय विपरीतका क्रियाकलाप गरेको भन्दै माधव नेपालसहित १४ जना सांसदको पद खारेज गर्न माग गरेको छ ।
पार्टीले १४ जनाको सांसद पद खारेज गरिदिएको र सङ्घीय संसदले पनि खारेज गर्नुपर्ने पत्र संसद् सचिवालयमा दर्ता भएको नेतृ शान्ता चाैधरीले जानकारी दिनुभएकाे छ । एमालेले माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरुदेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई सांसदबाट हटाइएको जनाएको छ ।
यसैबीच एमाले नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यहरूको सङ्ख्या दुई सय ६० जना पुर्याएर त्यसको जानकारी निर्वाचन आयोगलाई दिएको थियो । २० प्रतिशत सांसद या केन्द्रीय सदस्य भएमा पार्टी विभाजन गर्न मिल्ने गरी सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि माधव नेपाल पक्षलाई नयाँ दल गठन गर्न अफ्ठेरो पार्ने गरी एमालेले केन्द्रीय सदस्य थपेर दुई सय ६० जना पुर्याएकाे हो ।
सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्दै ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद पुगेमा पार्टी विभाजन गरेर नयाँ दल बनाउन सकिने प्रावधानको ठाउँमा २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भएमा पार्टी विभाजन गर्न सकिने प्रावधान राखेर अध्यादेश ल्याउने तयारी गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।