ह्विप उल्लङ्घन गर्नेलाई कारबाही हुन्छ, पार्टी अब चुप लागेर बस्दैन : ओली पक्षका सांसद

 भदौ १, २०७८ मंगलबार १८:५५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको केपी शर्मा ओली पक्षका सांसदहरूले माधव नेपाल पक्षलाई माफी नदिने बताएको छ । मङ्गलवार काठमाण्डाैमा बसेको अनौपचारिक छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्विप उल्लङ्घन गर्नेलाई माफी दिन नसकिने बताउनुभएको हो । 

सांसद प्याकुरेलले सरकारले जारी गरेको पार्टी विघटन सम्बन्धी अध्यादेश बहुदलीय व्यवस्थाको 'इथिक्स' बाहिर भएकाले त्यसकाे विरोध गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘दलीय व्यवस्थामा दलको अनुशासन र ह्विप उल्लङ्घन गर्ने कुरालाई माफी दिन सकिँदैन, पार्टीभित्रको कारबाहीको कुरा स्वाभाविक हो, पार्टी विरोधी गतिविधि गर्नेहरूलाई पार्टीले कारबाही गरेर अगाडि बढ्छ, पार्टी अब चुप लाग्दैन, पार्टीले कारबाही अगाडि बढाउनुपर्छ, पार्टीको विरुद्धका गतिविधिमा लाग्नेहरूलाई पार्टीले कारबाही गरेर अगाडि बढ्न सक्नुपर्छ भन्ने आम कार्यकर्ताको माग छ, त्योअनुसार पार्टी अगाडि बढ्छ ।’

उहाँले याे अध्यादेश एमालेलाई 'टेक डाउन' गर्नका लागि ल्याइएको आरोपसमेत लगाउनुभयो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया