‘१० बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ, दल विभाजन अध्यादेश खारेज गर्नुपर्छ’

 भदौ ४, २०७८ शुक्रबार २०:१४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरूले पार्टी एकताका लागि जोड दिने निष्कर्ष निकालेका छन् । आज शुक्रवार महाराजगञ्जमा रहेकाे एक होटलमा भेला भएका उनीहरूले अहिलेको अवस्थामा देखापरेका पार्टीका समस्यालाई हल गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरू लागिपर्ने बताउनुभयो । उहाँले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको विरोध गर्ने आफूहरूको एजेन्डा रहेको जानकारी दिनुभयो । नेता विष्टले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताउनुभयो ।

त्यसैगरी नेकपा एमालेका नेता भीम रावलले आजको छलफलले तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वन गर्न माग अघि सारेको बताउनुभयो । उहाँले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले केन्द्रीय कमिटी र सांसदहरू गरी ५७ जनाको सहमतिबाट पार्टीमा उत्पन्न समस्या, त्यसको समाधान, १० बुँदे सहमतिको कार्यान्वयन, यसबीचमा भएका विभिन्न कारबाही र अगाडिको बाटोको सम्बन्धमा गहन छलफल गर्‍याैँ, पार्टीमा विभाजनको जुन स्थिति सिर्जना भएको छ, त्यसको बारेमा हामीले छलफल गर्‍याैँ । नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन विगतमा भएका दुष्परिणामहरूको बारेमा छलफल गर्‍याैँ । अन्तिममा हामीले १० बुँदे सहमति तत्काल व्यवहारमा लागू गर्नुपर्छ, कारबाही रोक्नुपर्छ भन्ने माग अघि सारेका छौँ । साथै सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश कुनै हालतमा स्वीकार्य हुँदैन, यो खारेज गर्नुपर्छ ।’

नेकपा एमालेको एकताका लागि आउँदा दिनमा अघि बढ्ने बताउँदै नेता रावलले पार्टीको हितका लागि सबै पङ्क्तिका नेताले सोचेर मात्रै निर्णय लिनुपर्ने बेला आएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया