टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डौ – प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज मङ्गलवार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरूलाई नेपालको ऐतिहासिक सन्धि, सम्झौताको अभिलेख राख्न आग्रह गरेको छ ।
समितिका सभापति रामनारायण बिडारीले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको चुच्चे नक्सासमेत अभिलेखालयमा अद्यावधिक गरेर राखिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अभिलेखालयमा नेपालको सन्धि, सम्झौता छ कि छैन ? अहिलेसम्म भएका सन्धि, सम्झौताको लिस्ट हुुनुपर्यो । चुच्चे नक्सा हाम्रो अभिलेखालयमा त हुुनुपर्यो नि ! नेपालमा अन्त कहीँ नभए पनि त्यहाँ हुनुपर्याे । राजनीतिक नक्सा, भौगोलिक नक्सा हुुनुपर्यो । अपडेट गरिराख्न समितिको तर्फबाट आग्रह छ ।’
समितिका सभापति बिडारीले नारायणहिटी सङ्ग्रहालयमा आवश्यकताभन्दा बढी नेपाली सेनालाई राखिएको भन्दै अनावश्यक सङ्ख्यामा रहेका सेनालाई फिर्ता गर्नुपर्ने बताउनुभयो । त्यहाँ रहेका घोडा, तबेलालाई पनि हटाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले विगतमा सन्धि, सम्झौता तथा कानुनहरूको मूल कपी राजदरबारमा पठाउने गरिएको र ती चिजहरू लाल बाकसमा राखिने गरेको भन्दै लाल बाकसको पनि खोजी गर्नुपर्ने बताउनुभयो ।
बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालयले ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको सम्पदाहरूको संरक्षण गर्ने निर्णय विभिन्न समयमा गर्दै आएको भए पनि बजेटको सीमितताका कारण निर्णयअनुसारको काम गर्न नसकेको बताउनुभयो । आवश्यक कार्यविधि निर्माण गर्ने र ऐन, कानुन संशोधनका लागि समेत मन्त्रालय तयारी अवस्थामा रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले खरिद ऐनका कारण कतिपय काम गर्न नसकेको भन्दै विपद्, महामारी र पुरातात्त्विक कामका लागि भने खरिद ऐन आकर्षित नहुने गरी कानुन निर्माण गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।