टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्वलाई चुनौती दिनुभएको छ ।
संविधान सभाका अध्यक्षसमेत रहनुभएका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खालि तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पार्नुभयो । विना विचारधारा, दर्शन र कार्यक्रमविना पार्टी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै नेता नेम्वाङले त्यस विपरीत गएर माधव नेपालहरूले पार्टी फुटाएको आरोपसमेत लगाउनुभयो ।
पार्टी निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनले आज शुक्रवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव पक्ष नेताहरूलाई प्रश्न गर्न पनि पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले तपाईँहरूसमक्ष राख्न खोजेको कुरा के हो भने तपाईँहरू आ–आफ्नो ठाउँबाट जुरुक्क उठ्नुपर्छ । गाउँ–गाउँबाट उठ्नुपर्छ, घर–घरबाट उठ्नुपर्छ, र सोध्नुपर्छ– कुन चाँहि विचारधारामा फरक पर्याे, कुन चाँहि दर्शन फरक पर्याे ? कुन चाँहि कार्यक्रम फरक पर्याे ? र तिमीले नेकपा एमाले छाडेर किन छुट्टै राजनीतिक दल बनायौँ भनेर प्रश्न गर्नुपर्दछ । विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् साथीहरूले । म यतिमात्रै भन्छु । विभाजनको औचित्य स्थापित गर्नुपर्छ । अहिले नै प्रष्ट देखिएको छ । विभाजनको औचित्य स्थापित हुन सक्ने ठाउँ छैन । हिजो/अस्ति, एक/दुई जना साथीहरूले भन्नुभयो, जो पहिलो माले विभाजनका पालामा पनि हुनुुहुन्थ्यो । उहाँहरूले भन्दै हुनुहुन्थ्यो– ठ्याक्कै यही कुरा उठाउँदै कुनै विचार सिद्धान्त छैन, खाली तँ र म को कुरा छ । हामीले के आधारमा नागरिकलाई भन्ने ? हामीले यो आधारमा पार्टी फुटायौँ भनेर । त्यति बेला हामीले माले फुटाउँदा त राष्ट्रियताको प्रश्न थियो ।’
उपनेता नेम्वाङले घर–घरबाट बाहिर आएर पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न पार्टी निकट कानुन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताउनुभयो ।
नेता खरेलले दल फुटाउन अध्यादेश ल्याउने काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । लोकतन्त्रमा दल फुटाउने काम गर्नु अपराध हुने उहाँको तर्क थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।