तालिबानको नयाँ नियम : छात्र र छात्रा सँगै बस्न नपाउने

 भदौ २८, २०७८ सोमबार ८:१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानको सत्ता सम्हालेको तालिबानले छात्राहरुका लागि नयाँ नियम बनाएको छ । यसअघि महिलाहरुको अधिकार र समानताका लागि प्रतिबद्धता जनाएको तालिबानले विद्यालयमा छात्राहरुलाई छात्रहरुसँग बस्न नपाउने नियम बनाएको छ ।

उच्च शिक्षा मन्त्र अब्दुल बकी हक्कानीले महिलालाई अध्ययनका लागि अनुमति दिने तर पुरुषसँग बस्न नपाउने बताउनु भएको छ । उहाँले विद्यार्थीले पढ्ने विषयको समेत समीक्षा गरिने बताउनु भएको छ  । यस्तै, उच्च शिक्षा लिने महिला विद्यार्थीका लागि इस्लामी पोसाक अनिवार्य गरिएको छ ।

महिला विद्यार्थीले शरीर पूरै ढाक्ने बुर्का लगाउनु पर्ने छ । यस्तै, पुरुष शिक्षकले पर्दा पछाडि बसेर महिलाहरुलाई पढाउनु पर्ने तालिबानले बताएको बीबीसीले जनाएको छ । महिलाहरुलाई सरिया कानुन अनुसार अध्ययनका लागि अनुमति दिने तालिबानले स्पष्ट पारेको छ ।

यसअघि तालिबानले आफ्नो शासनकालमा महिलालाई उच्च शिक्षामा रोक लगाएको थियो । सन् १९९६ देखि २००१ को बीचमा अफगानिस्तानमा तालिबानको शासन थियो । त्यतिबेला महिलालाई उच्च शिक्षामा तालिबानले रोक लगाएको थियो  भने जागिर गर्न र एक्लै घर बाहिर निस्कन पनि रोक लगाएको थियो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया