संवैधानिक इजलासको विवाद मिलाउन बार–बेञ्च समन्वय समितिको बैठक बस्दै

 भदौ २८, २०७८ सोमबार ८:१४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विवाद मिलाउन आज बार–बेञ्च समन्वय समितिको बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिउँसो २ बजे बस्ने गरी समन्वय समितिको बैठक बोलाउनुु भएको हो ।

समितिमा सर्वोच्च अदालत बार एसोसियशनका अध्यक्ष, नेपाल बार एसोसिएशनका अध्यक्ष, पूर्वअध्यक्षसहित पाँच जनाको सहभागिता हुनेछ । सर्वोच्च अदालतबाट पनि पाँच जनाको सहभागिता रहनेछ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछि भएको नियुक्तिविरुद्ध परेको रिट सुनुवाइको विषयलाई लिएर लामो समयदेखि संवैधानिक इजलासमा सुनुवाइ रोकिएको छ । संवैधानिक परिषद्सम्बन्धी रिटमा प्रधानन्यायाधीश राणा आफैँले विपक्षी भएको मुद्दा हेर्न नमिल्ने कानुन व्यवसायीको मागपछि उहाँले अलग हुने निर्णय गर्नुभएको थियो ।

तर न्यायाधीश हरि फुँयालको एकल इजलासले प्रधानन्यायाधीश विना संवैधानिक इजलास बस्न सक्ने वा नसक्ने विवाद राष्ट्रिय महत्त्व भएकाले तत्काल संवैधानिक नियुक्तिविरुद्ध परेका निवेदनमा सुनुवाइ नगर्न आदेश दिएको थियो ।

संवैधानिक इजलास गठन नहुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेशपछि संवैधानिक इजलास गठनको विवाद बढेको छ । यो विवाद समाधानका लागि प्रधानन्यायाधीश राणाले समन्वय समितिको बैठक बोलाउनुु भएको हो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया