एमसीसीकाे विराेधमा विप्लव नेतृत्व नेकपाकाे प्रदर्शन

 भदौ २८, २०७८ सोमबार १८:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) काे विराेधमा आज साेमवार काठमाण्डाैमा प्रदर्शन गरेकाे छ । नेता विप्लवले एसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिककाे अधिकारको विरुद्धमा रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबीसमेत गर्नुभयो । 

उहाँले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने यस सम्झौताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरूलाई आह्वानसमेत गर्नुभयो । एमसीसीको विरुद्धमा काठमाण्डाैकाे खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौता पारित गर्न कसले सक्छ ? भनी प्रश्न पनि गर्नुभयो । 

महासचिव चन्दले भन्नुभयो, ‘हामी लड्छौँ । कुनै पनि हालतमा एमसीसी लागू हुन दिँदैनौँ । यो कुनै लुकाइ–छिपाइ कुरा छैन । आज पनि हामी भन्छौँ– एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ । नेपालको सार्वभौमिकताको विरुद्धमा छ । नेपालको स्वतन्त्रताको विरुद्धमा छ । नेपाली जनताको अधिकारको विरुद्धमा छ । कुनै पनि देशले हाम्रो देशमाथि जबरजस्ती सन्धि लाद्न पाउँदैन । एमसीसी आज एउटा बहस छ । लप्सी फेदीदेखि सुनौलीसम्मको टावरहरूको जमिनमा अमेरिकाको अधिकार हुनेछ । त्यहाँको सुरक्षा अमेरिकाले गर्नुपर्नेछ । यो कुरा उल्लेख छ, त्यहाँ । यो सम्झौता कसको हितमा गरिँदैछ ? अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो सम्झौता लागू गरिनेछ ।’  

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया