टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका दुई सांसदविरुद्ध दर्ता गरेको रिटको सुनुवाइ आज पनि हुँदैछ ।
हिजो र अस्ति न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको मुद्दा ‘हेर्दा हेर्दै’ मा राखिएको थियो । आजको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
यो मुद्दामा अन्तरिम आदेश जारी भएमा माधवकुमार नेपालसहित १४ सांसदको पद गुम्न सक्छ । बहसका क्रममा निवेदक पक्षका कानुन व्यवसायीहरुले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैरकानुनी रहेको जिकिर गरेका थिए ।
यसअघि, न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा गएको भदौ २८ गते पेशी तोकिएको भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । गएको भदौ १६ गते ओलीकोतर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।