टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकाङ्क्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकाे बताउनुभएकाे छ । आज मङ्गलवार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक श्वेतशार्दूल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे ।
सरकारले युवा पुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उहाँको आरोप छ । उहाँले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोधसमेत गर्नुभयो । सरकारतर्फ हेरे अशुभ हुने उहाँको अध्यक्ष ओलीकाे तर्क छ ।
उहाँले भन्नुभयो, ‘जनतामा राजनीतिप्रति निराशा, वैराग्य भाव, विरक्त, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । जानाजान पत्रकारलाई पनि पदक, उसलाई पनि पदक, वकिललाई पनि पदक दिइएकाे छ, बोल्ने कोेही नराखेजस्तै । यहाँ सबलाई निराशा बनाइदिने, युवाहरूलाई निराशा बनाइदिने, केही पनि हुँदैन भन्ने पारिदिने । दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । यो ग्रहणतिर हेर्ने काम छैन । यो ग्रहण लागेको छ । अशुभ छ । २५ मा सहज हुन उहाँहरूलाई सहज भइराखेको छैन । गाह्रो त्यही हो । ७०/७२ दिन किन पूर्णता पाउँदैन सरकारले ? कार्यकाल छ सवा वर्षकाे । सवा वर्षको २० प्रतिशत भाग गयो । खाली चिन्ता हो देशको बहुमूल्य समय बर्बाद भाे ।’
कार्यक्रममा उहाँले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजीवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयाे ।
अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गर्नुभयो । उहाँले भण्डारीले नेपाली राजनीतिमा पुर्याएकाे योगदानको चर्चा समेत गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।