हाम्राे पार्टीले जनताकाे चाहनाअनुसार काम गर्छ : माधव नेपाल

 असोज ५, २०७८ मंगलबार २०:७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमजोरीलाई पन्छाएर अघि बढ्ने बताउनुभएको छ । आज मङ्गलवार पार्टीको पहिलाे केन्द्रीय कमिटीको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । 

नेकपा एमालेबाट बाध्य भएर विद्रोह गर्नुपरेको भन्दै अध्यक्ष नेपालले यो कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता र परिवर्तन भएको बताउनुभयो । उहाँले पार्टीले नराम्रा कुरा पन्छाएर राम्रा कुरालाई मिलाउने पनि बताउनुभयो । अध्यक्ष नेपालले पार्टी अब नागरिककाे आवश्यक्ताअनुसार हिँड्ने बताउनुभयो । उहाँले नेकपा एकीकृत समाजवादी पार्टी परिवर्तनकारी धारको अगुवा शक्ति बन्ने दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले बाध्य भएर विद्रोह गर्नुपरेको हो, यो हाम्रो निरन्तरता र परिवर्तन पनि हो, यसलाई कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता भनेर बुझ्नुपर्छ । तर विगतमा भएका कमजोरीलाई पन्छाउँदै हामी अघि बढ्छौँ, राम्रा कामलाई मिलाउँछौँ, राम्रा कुरालाई साथमा लिएर जान चाहन्छाैँ । अब जनताको चाहनाअनुसारको काम हुन्छ, हामी यथास्थिति, परिवर्तनवादी धारको अगुवा शक्तिको रूप बनेर देखाउनेछौँ । हामी व्यक्तिवाद, अधिकारवाद, निरङ्कुश प्रवृत्ति, विकृति,विसङ्गतिको प्रवृत्तिलाई हटाउनेछौँ  । राष्ट्रिय पुँजीवादलाई प्रोत्साहन दिन चाहन्छौँ, हामी देशभक्तिको झण्डा बोक्न चाहन्छौँ, हामी विधि, पद्धतिलाई मान्छौँ, स्वेच्छाचारितालाई अन्त्य गर्नेछौँ, हामी विज्ञान प्रविधिको व्यापक प्रयोग गर्नेछौँ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम र प्रदेश दुईमा नेकपा एमालेभन्दा ठूलो भएर संसदमा रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Krishna gc

    Sept. 22, 2021, 4:52 p.m.

    ललिता निवास को मिलोमतो पनि जनचाहना अनुरुप नै हो कि?

  •  0 Reply

तपाईको प्रतिक्रिया