टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा तत्कालीन पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको लडाइँ जीवन मरणको लडाइँ रहेकाे बताउनुभएकाे छ । आज बिहीवार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुस ५ काे प्रतिनिधि सभा विघटनपछि यस्ताे निर्णयमा पुगेकाे बताउनुभएकाे हाे ।
त्यतिखेर आफू आत्महत्या गर्ने कि लडाइँ लड्ने भन्ने अवस्थामा रहेको भन्दै उहाँले जोखिम उठाएर क्रान्तिकारी ढङ्गले लड्ने सङ्कल्प साथ लडेको उल्लेख गर्नुभयो । उहाँले केपी ओलीमाथि विजय प्राप्त गरेको पनि बताउनुभो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘मेरो अगाडि अब फेरी लडाइँ गर्ने कि, आत्मसमर्पण त मैले गर्न सक्दिनँ । गर्न हुँदैन । हजारौँ शहीद, हजारौँ बेपत्ता योद्धा, घाइते, अपाङ्गता भएकाकाे सबै ऋण त मुख्य रूपमा मेरो टाउकोमा छ । या त मैले सकिनँ यत्ति नै रहेछ भनेर सुसाइड गर्नुपर्ने । सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथी हो । मार्क्सकाे ज्वाइँ छोरी सबैले सुसाइड गरेको कथा सायद तपाईँहरूले पढ्नुभएको होला । सबै सुसाइड गलतै हुन्छ भन्ने हुँदैन । या त लड्नुपर्ने । अब लड्ने कि मर्ने ? फेरि पनि मृत्यु या मुक्तिको ठाउँमा पुगेको देखेँ मैले । पार्टीभित्र पनि र पार्टीबाहिर पनि । र अन्तिममा पार्टीभित्रका सबै साथीहरूको सहयोगबाट हामी फेरि लड्ने क्रान्तिकारी ढङ्गले लड्ने, पूरा जोखिम उठाएर लड्ने, जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने । तर प्रतिक्रान्ति र प्रतिगमनको अगाडि हरहालतमा नझुक्ने भन्ने हामीले सङ्कल्प गरियो । त्यही सङ्कल्पबाट सुरु भयो सडक आन्दोलन । ’
कार्यक्रममा बाेल्दै प्रचण्डले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको पनि बताउनुभयाे । विगतमा सामाजिक रूपान्तरण, क्रान्ति र परिवर्तनको निम्ति काम गर्ने पार्टी नेता तथा कार्यकर्ताहरूको कार्यशैलीमा स्खलन भएको उहाँले बताउनुभयो । पार्टीका नेताहरू पद, प्रतिष्ठा, पैसा र कमिसनको निम्ति मरिहत्ते गर्ने भन्दै उहाँले पार्टीभित्र अवसरवादी चरित्र मौलाएको बताउनुभयो । जो नेता जति धेरै माथि भयो उति धेरै स्खलित भएको उहाँको भनाइ थियाे ।
अध्यक्ष प्रचण्डले युवा तथा विद्यार्थीहरूलाई विकृति र विसङ्गतिका विरुद्ध तथा प्रतिगमन र प्रतिक्रान्तिको विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुन निर्देशनसमेत दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।