टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा पाँच जना उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ । यसअघि एमालेमा चार जना उपाध्यक्ष रहेकोमा सङ्ख्याबारे छलफल हुँदै आएको थियो ।
त्यस्तै विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव गरिएको छैन । अहिले एमालेमा दुई जना उपमहासचिव छन् । त्यस्तै ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा पाँच जना सचिव रहेका छन् । केन्द्रीय पदाधिकारीसमेत गरी दुई सय २५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिएको छ ।
त्यस्तै एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ ।
ललितपुरको गोदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा एमालेकाे विधान महाधिवेशन सुरु भएकाे हाे । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको विधान महाधिवेशन सुरु भएको हो । तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।