सुरु हुँदै गरेकाे समृद्धिकाे यात्रामा अवराेध सिर्जना भएकाे छ : केपी ओली (पूर्ण पाठ)

 असोज १५, २०७८ शुक्रबार १७:२९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एमालेकाे विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएकाे छ । आजदेखि सुरु भएकाे विधान महाधिवेशनमा अध्यक्ष ‌ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएकाे हाे ।

प्रतिवेदनमा अध्यक्ष ओलीले २०७४ फागुन ३ गते एमालेकाे नेतृत्वमा सरकार गठन हुँदाको उत्साहपूर्ण वातावरण र परिस्थिति, नयाँ प्रणाली संविधानतः संस्थागत हुँदै गरेको अवस्था, बहुमतको सरकारले खडा गरेको राजनीतिक स्थिरताको आधार, सुरु हुँदै गरेको समृद्धिको यात्रामा आज अवरोध सिर्जना भएको बताउनुभएकाे छ । 

उहाँले नयाँ युगतर्फको यात्रा गन्तव्यहीन हुन पुगेको प्रतिवेदनमा उल्लेख गर्नुभएकाे छ । ‘सरकार बदल्ने मात्रै होइन, पछिल्ला राजनीतिक घटनाहरुको अन्तरनिहित उद्देश्य विगत केही वर्षको अथक प्रयासबाट तयार गरिएको र अगाडि बढाइएको राष्ट्रिय हितको रक्षा र स्वाभिमान वृद्धिका उपलब्धिलाई उल्ट्याउने कुरामा केन्द्रित छ’, ओलीले प्रतिवेदनमा भन्नुभएकाे छ । 

देशलाई पुनः अस्थिरता, अन्याेल र द्वन्द्वतिर धकेल्दै राष्ट्रिय एकतालाई कमजोर गर्ने र बाह्य चलखेल बढाउन प्रवृत्त रहेकाे ओलीकाे निष्कर्ष छ । उहाँले जनतामा जागेको आत्मविश्वास, भरोसा र आशामाथि तुषारापात गर्दै त्यसै अन्याेलभित्र निहित स्वार्थ पूरा गर्ने कुरामा वर्तमान राजनीति केन्द्रित भएकाे बताउनुभएकाे छ ।

ओलीकाे राजनीतिक प्रतिवेदनकाे पूर्ण पाठ–

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया