टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै - नेकपा एमालेको विधान महाधिवेशनमा आजदेखि प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि विभिन्न १० समूहमा छलफल भएको थियो । आज दिउँसोदेखि १० वटा समूहका टोली नेताले आ–आफ्नो समूहको सुझाव र निष्कर्ष राख्न थालेका छन् ।
नेताहरुले एमालेलाई व्यक्तिवादी भन्दा सङ्गठनात्मक बनाउनुपर्नेमा जोड दिएका छन् । केन्द्रीय निकाय र केन्द्रीय विभाग समूहका नेता भानुभक्त ढकालले एमालेमा व्यक्ति भन्दा पार्टीगत नेतृत्व र नीति प्रमुख हुनुपर्ने बताउनुभयो । पछिल्लो समय सिद्धान्तको राजनीतिलाई कम महत्त्व दिएको, नेतृत्वले नजिकका व्यक्तिलाई मात्रै हेरेको लगायतका समस्या एमालेमा देखिएको भन्दै नेता ढकालले अहिलेको शैली परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
यस्तै केन्द्रीय निकाय र केन्द्रीय विभागले उपमहासचिव पद नहटाउन सुझाव दिएको छ । यस्तै, वाग्मती प्रदेश समूहका नेता आनन्द पोखरेलले पनि एमालेमा व्यक्ती भन्दा पनि समूहगत निर्णय महत्त्वपूर्ण हुनुपर्ने समूहको निष्कर्ष सुनाउनुभयो । आज सुझावका आधारमा भोलि राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान संशोधन प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिनुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।