टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको अभिभारा एमालेको काँधमा रहेकाले आफ्नो पार्टीले फेरि पनि विजय हासिल गर्ने बताउनुभएको छ ।
पार्टीको प्रथम विधान महाधिवेशनको समापन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवेदनमा उठेका विषयबारे स्पष्ट पार्दै देश बनाउने जिम्मेवारी हाम्रो भएकाले देश बिग्रिएमा एमालेले अरूलाई दोष दिएर उम्कन नपाउने जनाउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भ्रममा परेर पार्टीबाट बाहिर गएकाहरूलाई फर्काउन पहल गर्न निर्देशन दिनुभयो ।
उहाँले जनताको बहुदलीय जनवाद (जबज) को जगमा यसलाई परिष्कृत तथा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादउन्मुख राज्य निमार्णका लागि एमाले सदैव प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले आम कार्यकर्ता र जनताले दिएको आफूप्रतिको विश्वासलाई कत्ति पनि कुठराघात गर्न नदिने सङ्कल्प गर्नुभयो ।
अध्यक्ष ओलीले अबको चुनावमा पार्टीलाई कुनै मधुकैटभले हल्लाउन नसक्ने गरी बहुमत ल्याउने गरी पार्टीलाई स्थापित गर्ने वाचा गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।