धादिङ र चितवनमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा दुई जनाकाे ज्यान गयाे

 असोज १८, २०७८ सोमबार ८:१२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्ण भिरमा टिपरको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।

हिजो प्रदेश नम्बर ३–०१ ००६ ख ०८०६ नम्बरको टिपरको ठक्करबाट ८६ वर्षका चन्द्रप्रसाद कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ । टिपर चालकलाई इलाका प्रहरी कार्यालय बेनिघाटले पक्राउ गरेको छ ।

यस्तै, चितवन भरतपुर महानगरपालिका-३ लाइन्सचोकमा पनि  टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका-४ का ३२ वर्षका पिताम्बर भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ । ना १ क ९९२३ नम्बरको टिपरले भण्डारी र उहाँकी श्रीमती कल्पनालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका भण्डारीको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।

श्रीमती कल्पनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया