टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकामाथि चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ । प्रधानन्यायाधीशले नै आफ्ना मान्छे मन्त्री बनाउन भाग खोजेको भन्ने समाचार बाहिरिएपछि प्रधानन्यायाधीश राणाले यस्ताे बताउनुभएकाे हाे ।
आज साेमवार यही विषयमा ध्यानाकर्षण गराउन राणालाई भेट्न पुगेका सर्वोच्च अदालत बार एसोसिएशनका पदाधिकारीसँगको छलफलमा उहाँले सर्वोच्चले संविधानअनुसार निष्पक्ष फैसला गर्दा चौतर्फी आक्रमण भइरहेको र त्यसैको सिलसिलामा मन्त्री नियुक्तिमा आफ्नो नाम जोडिएको बताउनुभएको हो ।
पछिल्लो समय आफूलाई बदनाम बनाउने धेरै षड्यन्त्र भइरहेको भन्दै प्रधानन्यायाधीश राणाले मन्त्री नियुक्तिको विषयमा जोडिएर आएका समाचार झुटो भएको बताउनुभएको एक पदाधिकारीले जानकारी दिएका छन् । ‘मैले मन्त्रीमा भाग मागेँ भन्ने कुरा कल्पना पनि गर्न सकिन्न, मलाई र समग्र न्यायालयको छवि धुमिल बनाउने गरी आएका यस्ता आधारहीन कुरा नपत्याउनु होला’, राणाको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भनेका छन् ।
यस विषयमा छिटै औपचारिक रूपमै खण्डन गर्ने पनि राणाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।