टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा जाने मन्त्रीको नाम आज बिहीवार पनि टुङ्गो लगाउन सकेन ।
पार्टीको काठमाण्डाैमा बसेकाे स्थायी कमिटीकाे बैठकले सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाउने अपेच्छा गरिएको थियो । केहीबेर अघि सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले भोलि (शुक्रवार) बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिनुभयो । सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डा मिलाउँदा नागरिकसँग प्रत्यक्ष जोडिने मन्त्रालय नपाएको भन्दै नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाउँदै आएको छ ।
अहिले भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादी पार्टीले सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने छ भने एक राज्यमन्त्री राख्न पाउने छ ।
यस्तै स्थायी कमिटी बैठकले पार्टीको विभिन्न विभागमा रहने पदाधिकारी र सङ्ख्याको टुङ्गो लगाएको छ । पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरी २५ सदस्य रहने निर्णय गरेको छ । यस्तै बैठकले पार्टी पदाधिकारीमा चार जना नेतालाई मनोनयन गरेको छ । उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवहरूमा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वासलाई मनोनयन गरेको छ ।
यस्तै स्थायी कमिटी बैठकले बेदुराम भुसालको नेतृत्वमा रहने पाँच सदस्य केन्द्रीय कार्यालय र ११ सदस्य केन्द्रीय सचिवालय बनाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयलाई स्थायी कमिटीकाे बैठक बस्न नसकेको अवस्थामा सचिवालयले गर्ने निर्णयलाई आधिकारिकता दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । बैठकले पार्टी संरचनाको विभिन्न निकायमा रहने पदाधिकारी र सङ्ख्यालाई पनि टुङ्गो लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।