विराेध खतिवडा स्वास्थ्य मन्त्री, रामकुमारी झाँक्रीलाई सहरी विकास मन्त्रालय

 असोज २२, २०७८ शुक्रबार १६:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्रप्रसाद बडुलाई कानुन, न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा र उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

यसअघि कानुनमन्त्री रहनुभएका कार्कीले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीकै रूपमा तानिएको छ । कांग्रेसबाट यसअघि बालकृष्ण खाण गृह र नारायण खड्का परराष्ट्र मन्त्री हुनुहुन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्रबहादुर हमालले पाउनुभएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, रामसहायप्रसाद यादव वन तथा वातावरण र महिन्द्र राय यादव कृषि तथा पशुपक्षी विकास मन्त्री नियुक्त हुनुभएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट प्रेमबहादुर आले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, रामकुमारी झाँक्री सहरी विकास मन्त्री बन्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी विरोध खतिवडाले पाउनुभएको छ भने स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त हुनुभएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महेश्वरजंग गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । माओवादीबाट यसअघि अर्थ मन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल हुनुहुन्छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया