धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
मकवानपुर – मकवानपुरमा भएका दुई अलग अलग दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् ।
शनिबार साँझ हेटौडा भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर–२ लामिबगरमा यात्रु लिएर काठमाण्डौ बाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ४५११ नम्बरको शिखरपुर यातायातको सुमो आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी दुईसय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयाे ।
सुमोमा सवार चालक सहित १० जना घाइते भएका मध्ये ६ जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएकोमा दुईजनाको उपचारको क्रममा ज्यान गएको र ज्यान जाने दुवै पुरुष रहेको प्रहरी निरीक्षक दासले बताउनुभयाे । सुमो चालक सहित अन्य ४ जनालाई थप उपचारका लागि हेटौंडा ल्याइएको र घाइते तथा मृतक कसैको पनि पहिचान नखुलेको जनाइएको छ ।
यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ । गएराति नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा–१५ बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले बताउनुभयो । ठक्कर दिने बस तथा चालक मकवानपुर प्रहरीको नियन्त्रणमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।