आज सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी तोकियो

 कात्तिक १५, २०७८ सोमबार १२:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दाका मात्रै पेशी तोकिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई बाहेक १० जना न्यायाधीशलाई ६ वटा इजलास तोक्नु भएको हो।

न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र हरि फुँयाल, आनन्दमोहन श्रेष्ठ र टङ्कबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार चुँडाल, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई संयुक्त इजलास तोकिएको छ । त्यस्तै बमकुमार श्रेष्ठ र कुमार रेग्मीलाई भने एकल इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र आन्दोलनरत न्यायाधीशको वार्ता टोलीबीच भएको सहमतिअनुसार आज बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी तोकिएको हो ।

वार्ता टोलीले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न र बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्न गरेको आग्रह स्वीकार गर्दै आज लागि बन्दीको निवेदनबाहेकका मुद्दाको पेशी तोकिएको छैन ।

आज आन्दोलनरत न्यायाधीशहरु बन्दीको निवेदनको सुनुवाइका लागि इजलास फर्किने भएका छन् । उनीहरुले विगत एक हप्तादेखि अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए । आज बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशहरु पुनः छलफलमा बस्ने भएका छन् ।

प्रधानन्यायाधीश जबराले केही समय काम गर्ने र त्यसपछि छोड्ने प्रस्ताव गर्नुभएको बुझिएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया