टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
भक्तपुर – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टीको हैसियत गुमाउनुपरेको बताउनुभएकाे छ । आज बिहीवार नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्ताे टिप्पणी गर्नुभएकाे हाे ।
उहाँले नवौँ महाधिवेशनमा ओलीलाई जिताएर साथीहरूले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिप्पणी गर्नुभयो । एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरू निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘दुई तिहाइ बहुमत, सबै प्रदेशमा बनेको वामपन्थी सरकार केपी ओलीले सबै सिध्याइदिए । कस्तो मान्छेलाई नवौँ महाधिवेशनमा हाम्रा साथीहरूले भोट दिएछन् ?’
उहाँले एमाले पार्टीमा रहेका असन्तुष्टहरूलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताउनुभयो । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले नराम्रो काम गरेमा तत्काल कारबाही गरी मन्त्री पदबाट हटाउने पनि उहाँले बताउनुभयो ।
फरक प्रसङ्गमा नेता नेपालले सङ्घीय संसद्को चुनाव संविधानले तोकेकै समयमा हुने र कसैले चाहँदैमा सङ्घीय संसद्को चुनाव चाँडै नहुने बताउनुभयो । उहाँले राष्ट्रिय सभाको चुनाव र पालिका चुनाव चैतमा हुने बताउँदै त्याे चुनाव र केन्द्र तथा प्रदेशको उपचुनावमा पाँच दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन तथा टुटाउन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘कसैले भ्रम नपाले हुन्छ । आजै हुन्छ कि, छिट्टै चुनाव हुन्छ कि, छिट्टै चुनाव हुनेवाला छैन । सङ्घीय संसद्को चुनाव समयमै हुनेछ । त्यसको निम्ति हामी जसरी प्रत्येक काममा सफल हुँदै हिँडेका छौँ, अगाडि बढेका छौँ, त्यसैगरी चुनावमा पनि विभिन्न ठाउँको आकलन हामीले गरिरहेका छौँ । हामी जित्नेछौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।