टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन हुनुभएको छ । पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ ।
यस्तै सदस्यहरूमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही हुनुहुन्छ ।
यस्तै डा. वेदुराम भुसाल प्रमुख रहनुभएको सङ्गठन विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रकाश ज्वाला हुनुहुन्छ । सदस्यमा अशोक कोइराला र बलदेव चौधरी हुनुहुन्छ ।
यस्तै शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र लक्ष्मण केसी उपप्रमुख हुनुहुन्छ । सदस्यहरूमा कमला तुलाधर, डा. चन्द्र ढकाल, डा. उद्धव पोखरेल, गुणाखर गैर र सरोज खतिवडा सदस्य हुनुहुन्छ ।
पार्टीले विपद् व्यवस्थापन विभाग पनि गठन गरेको छ । विभागमा नेता तुलाधर नै प्रमुख हुनुहुन्छ । सूर्यबहादुर थापा, आयाम पाण्डे, डा. राजु थापा र विष्णु तिमिल्सिना सदस्य हुनुहुन्छ ।
गोविन्द कोइराला प्रमुख रहनुभएको सहकारी विभागको उपप्रमुखमा टेकप्रसाद चौलागाईं हुनुहुन्छ । सदस्यहरूमा नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान हुनुहुन्छ ।
हिजाे बुधवार सम्पन्न केन्द्रीय सचिवालयको बैठकबारे आज बिहीवार जानकारी दिँदै नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ ।
पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति र निर्देशनअनुसार प्रभावकारी काम गर्ने, मन्त्री तथा मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति गर्दा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेर मात्रै गर्नुपर्नेमा जोड दिइएको छ ।
पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न महासचिव डा. वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिव डा. तुलाधर र डा. विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरिएको छ ।
यही कात्तिक २७ र २८ गते काठमाण्डाैमा केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको छ । पार्टीले आकर्षक नारा लेखिएका लाखौँ स्टिकर छापी नागरिकमा वितरण गरेर पार्टीको प्रचार गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्याएकाे क्षतिको मर्मत कार्य छिटोभन्दा छिटो सम्पन्न गरी काठमाण्डाै उपत्यकामा खानेपानीको आपूर्ति गर्न पनि सरकारलाई बैठकले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।