अहिलेकै अवस्थामा एमसीसी पारित हुँदैन – नेता श्रेष्ठ

 कात्तिक २०, २०७८ शनिबार ९:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन–एमसीसी  स्वीकार नगर्ने बताउनुभएको छ ।

श्रेष्ठले सामाजिक सञ्जाल ट्विटर मार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरू नसच्याइ अहिलेकै अवस्थामा एमसीसी परियोजना स्वीकार नगर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २६ मा भाग लिएर स्कटल्यान्डबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसीसीबारे दिनुभएको प्रतिक्रिया पछि एमसीसीबारे श्रेष्ठको यस्तो धारणा आएको हो । 

प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्छौँ भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूले पत्र पठाइसकेको बताउनुभएको थियो । तर त्यसको खण्डन गर्दै हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले एमसीसी पारित गर्ने भनेर नभई राष्ट्रिय सहमति जुटाएर मात्र पारित गर्ने भनेको बताउनुभयो ।

उहाँले पनि अहिलेकै अवस्थामा एमसीसी पारित नहुने बताउनुभयो । एमसीसी परियोजनालाई लिएर सत्तारुढ गठबन्धनका दलहरूको मतभेद सार्वजनिक रूपमा आउन थालेपछि एमसीसी परियोजना बारेमा फेरि चर्चा बढेको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया