राजदूत नियुक्त गर्दा दलहरूकाे भागबन्डा हाेइन साझा सूची बनाऔँ : नेता श्रेष्ठ

 कात्तिक २१, २०७८ आइतबार २०:२४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ति गर्दा दलहरूको भागबन्डा भन्दा छुट्टै साझा सूची बनाउनुपर्ने बताउनुभएको छ । 

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता श्रेष्ठले यसो नगरिए कुनै पनि पार्टीमा नलागेका योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्र सेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्नेतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्रीले तीन जना राजदूत नियुक्त गरिसकेको भन्दै नेता श्रेष्ठले केही सङ्ख्या भागबन्डामा लगे पनि केही सङ्ख्या साझा सूचीबाट छान्नुपर्ने बताउनुभएको छ ।

उहाँले यसअघि पनि आफूले पूर्वसरकारले नियुक्ति गरेका सबै राजदूतहरूलाई फिर्ता नल्याइ सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरूलाई मात्र फिर्ता बोलाउनुपर्ने बताएको उल्लेख गर्नुभएको छ ।  

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • BP Badhu

    Nov. 8, 2021, 1:49 a.m.

    राजदूतमात्र किन? सम्पूर्ण नियुक्तिहरू पालन गर्ने सकिने मापदण्डको आधारमा सुयोग्य र प्रतिभाशाली व्यक्तिहरू नियुक्त भए विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूको अधोगति हुने थिएन कि कमरेड?

  •  0 Reply

तपाईको प्रतिक्रिया