निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काठमाडाैं – दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक क्षेत्रमा निर्माणाधीन केबुलकार पुस महिनाभित्र सञ्चालनमा आउने भएको छ । कुरी बजारबाट कालिञ्चोकको डाँडासम्म ९ सय मिटर लम्बाईको केबुलकार कालिञ्चोक दर्शन लिमिटेडले निर्माण गरेको हो । केबुलकारको निर्माण कार्य ९० प्रतिशत सकिएकाले दसैँसम्ममा परीक्षण गरेर पुस महिनाभित्र सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।
केबुलकारको सिभिल संरचनाको काम ललितपुरको ‘केबलकार र रोपवे कम्पनी’ले गरिरहेको छ । कम्पनीका सञ्चालक गणेश पाठककाअनुसार केबलकारको टावर निर्माण गर्ने काम सकिएको छ । माथिल्लो र तल्लो भागमा उपकरण जोड्ने काम र तार तान्ने काम पनि सकिन लागेकाले अब दसैँभित्र निर्माण सम्पन्न हुने पाठकले बताउनुभयो ।
९ सय मिटर लामो यो केबुलकार जमिनबाट ३०७ मिटरको उचाइमा रहेको छ । यसलाई ओहोरदोहोर गर्न पाँच मिनेट लाग्नेछ भने यसमा चारवटा यात्रु बाकस (गोण्डाला) राखिनेछन् ।
योसंगै नेपालमा संचालनमा आएका केबुलकारको संख्या ४ पुग्नेछ । २०५५ सालमा मनकामना केबुलकार, २०७१ सालमा कुश्मा बलेवा यान्त्रिक पुल र २०७३ सालमा चन्द्रागिरि केबुलकार सञ्चालनमा आइसकेका छन् ।
कुश्मा बलेवा यान्त्रिक पुलको निर्माण पनि ‘केबुलकार र रोपवे कम्पनी’ ले नै गरेको हो । कम्पनीका सञ्चालक पाठककाअनुसार त्यसलाई यान्त्रिक पुल भनिए पनि सबै प्रविधि र तरिका केबुलकारको नै भएकाले त्यो पनि केबुलकार नै हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।
सुर्य मगर
Sept. 6, 2018, 1:25 p.m.good job