टेलिकम सर्वाधिक कर तिर्ने कम्पनी : व्यक्तिगत तर्फ सिद्धार्थ राणा सम्मानित

 मंसिर १, २०७८ बुधबार १०:४६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टेलिकम सर्वाधिक कर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसरमा विभिन्न क्षेत्रमा धेरै कर तिर्ने संस्ठा व्यक्तिलाई सम्मान गरेको हो ।

निर्यात उद्योगतर्फ डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्टस्, कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेक, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएर सम्मानित भएका छन् । त्यस्तै सेवामा नोबेल हस्पिटल, पर्यटनतर्फ तारागाउँ रिजेन्सी पनि सम्मानित भएका छन् ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ । भ्याटमा अनुशासित भएको घोराही सिमेन्टले सम्मान पाएको छ । बीमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ ।

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ राणा सम्मानित हुनुभएको छ । उहाँ टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख हुनुहुन्छ ।
 

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया