राष्ट्रिय सभाको चुनाव माघ १२ गते

 मंसिर ३, २०७८ शुक्रबार ७:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो माघ १२ गते राष्ट्रिय सभा चुनाव हुने भएको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो माघ १२ गतेको लागि चुनावको मिति तोकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । आउँदाे फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ ।

रिक्त हुने २० मध्ये १९ पदका लागि चुनाव गर्ने मिति तोकिएको हो ।  एक जना भने राष्ट्रपतिबाट मनोनित हुने छन् । राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आउँदाे फागुन २० गते सकिँदैछ ।

संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै चुनाव गरिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोकेको हो । संविधानको धारा ८६ मा राष्ट्रिय सभा गठनसम्बन्धी व्यवस्थामा कुल ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यहरुको पदावधि ६ वर्षको हुने उल्लेख छ ।

पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि हरेक दुई वर्षमा समाप्त हुने गर्दछ भने एक तिहाइको पदावधि चार वर्ष हुने व्यवस्था छ । त्यही प्रावधानअनुसार २० जना सांसदको चार वर्षे कार्यकाल फागुन २० गते सकिन लागेको हो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया