टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आज सोमवार आन्दोलनरत नेपाल बार एसाेसिएशनको ज्ञापन पत्र बुझ्दै सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन नगर्न सरकारलाई सचेत गराउनुभएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको नेपाल बार एसाेसिएशनको आन्दोलनलाई लक्षित गरेर सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । त्यसो गर्नु दुःखद घटना भएको उपनेता नेम्वाङले प्रतिक्रिया दिनुभयो । उहाँले न्यायालयबारे नेपाल बार एसाेसिएशनले उठाएको मुद्दा गम्भीर भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले सर्वोच्च अदालतले आफूहरूले दिएको रिटको समेत सुनुवाइ नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उपनेता नेम्वाङले भन्नुभयो, ‘यहाँहरूले प्रहरीको हस्तक्षेपको कुरा उल्लेख गर्नुभएको छ । ती कुराहरू सुनेर हामीलाई दुःख लागेको छ, मलाई दुःख लागेको छ । त्यो कुरा बेठिक हो, त्यसलाई एउटा ठिक निष्कर्षमा पुर्याउन सम्बन्धित पक्षहरू लाग्नुपर्दछ भन्ने मेरो आग्रह छ । तपाईँहरूले अहिले आन्दोलन चलाइ राख्नुभएको छ । यो स्थिति भरसक नभएको भए हुन्थ्यो भन्ने लाग्छ । यस्तो स्थिति नआइकन यो सम्बन्धित पक्षहरू बसेर अदालत, नेपाल बार एसाेसिएशनबीच बसेर यो कुरा सल्टाएको भए साह्रै राम्रो हुन्थ्यो भन्ने कामना हो । यहाँहरूले हाम्रो पार्टीको ध्यानाकर्षण गर्दै जुन ज्ञापनपत्र मलाइ ल्याएर दिनुभएको छ । त्यो तपाईँहरूको ज्ञापनपत्रलाई म अविलम्ब पार्टी अध्यक्षसँग र स्थायी कमिटी समक्ष आजै बुझाएर पार्टीको ध्यानाकर्षण गराउन पहल गर्नेछु ।’
उपनेता नेम्वाङले अदालतमा देखिएको याे समस्या समाधान गर्न सम्बन्धित पक्षले बेलैमा पहल गर्न नसेकेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।