एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
चितवन – चितवनमा हुन लागेको नेकपा (एमाले) को १० औँ महाधिवेशनका लागि ४४ ठाउँमा स्वागत गेट र २५ ठाउँमा 'सेल्फी प्वाइन्ट' बनाइएको छ । जिल्ला प्रवेश गर्ने नाकादेखि बन्द सत्र हुने सौरहासम्म स्वागत गेट बनाइएको छ भने उद्घाटन स्थल वरपर 'सेल्फी प्वाइन्ट' बनाइएको छ ।
एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । यो महाधिवेशन उद्घाटन सत्रमा पाँच लाख मानिसको सहभागिता रहने नेकपा (एमाले) ले जनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौरहामा गर्ने तय भएको छ ।
महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि 'सेल्फी प्वाइन्ट' बनाइएको हो । कार्यक्रममा आउने सहभागीले सजिलै आफ्नो तस्बिर आफैँले लिन सक्ने गरी 'सेल्फी प्वाइन्ट' बनाइएकाे हाे । नेता मदन भण्डारी, लेनिनका तस्बिर पनि 'सेल्फी प्वाइन्ट' मा राख्ने व्यवस्था गरिएको एमाले केन्द्रीय सदस्य विनाेद श्रेष्ठले जानकारी दिनुभयो ।
चितवनतर्फ २१ र नारायणी पारि गैँडाकोटतर्फ चार 'सेल्फी प्वाइन्ट' रहने उहाँले बताउनुभयाे । मुख्य मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा आकृति निर्माण रहने जानकारी दिँदै उहाँले त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने बताउनुभएको छ । ट्रेड युनियन महासङ्घको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उहाँको भनाइ छ ।
महाधिवेशन उद्घाटन स्थल वरपर २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्बिर राखिनेछ । गैँडाकोट क्षेत्रमा पर्ने नारायणी नदी किनारमा ठूलो आकारको बोर्ड राखिएको छ । जनताको बहुदलीय जनवाद (जबज) जिन्दावाद लेखिएको बोर्डलाई नारायणी वारि कार्यक्रम हुने स्थलबाट सेल्फी लिन सकिने बनाइएको छ ।
महाधिवेशनमा आउने सहभागीहरूको स्वागतका लागि चितवन प्रवेश गर्ने नाकाबाट विभिन्न ४४ ठाउँमा स्वागत द्वार बनाइएको महाधिवेशन प्रचारप्रसार सहयोग समितिका सचिव तिलक रिमालले बताउनुभयो । उद्घाटन स्थल नारायणी नदी किनारदेखि सौरहासम्म स्वागत गेट तयार भएको छ । चितवनका मुख्य बजार क्षेत्रमा सडकको दायाँ–बायाँ पोल पार्टीका झण्डाले सजाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।