कांग्रेस महाधिवेशन : देशभरबाट तीन हजार पाँच सयभन्दा धेरै प्रतिनिधि चयन

 मंसिर ९, २०७८ बिहीबार ९:३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा धेरै महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

अहिलेसम्म तीन हजार ५ सय १० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १ सय ३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको छ ।

कांग्रेसको विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ । सचिव श्रेष्ठले अब ३० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेको जानकारी दिनुभयो ।

ती क्षेत्रबाट महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिमा २६ जनाको दरले ७ सय ८० जना महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छ । यसबाहेक पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेका जनसम्पर्क समितिबाट पनि महाधिवेशनमा प्रतिनिधित्व हुने व्यवस्था छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बर्दिया, बाँके, सप्तरी, सिरहामा आज क्षेत्रीय अधिवेशन हुँदैछ । सर्लाहीमा पनि महाधिवेशन प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृत खटिएका छन् । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया