एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
चितवन - चितवनमा भोलिदेखि सुरु हुने नेकपा एमालेको १० औँ महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएकाे छ । एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाकाे व्यवस्था मिलाइने भएकाे हाे ।
एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाइने भएको छ ।
चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार उहाँहरु आज नै चितवन आउनु हुनेछ । डीआईजी लोहनीले गण्डकी प्रदेश अन्तर्गत गैँडाकोट क्षेत्रको सुरक्षा कमाण्ड सम्हाल्ने जनाइएको छ । महाधिवेशन लक्षित सुरक्षा योजना निर्माण भएको भन्दै अधिकारीले तयारी पूरा भएको फिल्डमा खटिन मात्र बाँकी रहेको जानकारी दिनुभयो ।
यसैबीच केन्द्रीय स्तरका केही नेता हिजै चितवन आइसक्नुभएको छ भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेता आज आउनुहुने छ । महाधिवेशनमा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।
महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् ।
महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन लागि सुरक्षाकर्मी परिचालन गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक अस्मान तामाङले जानकारी दिनुभएको छ। महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउनका लागि आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको छ ।
महाधिवेशन उद्घाटन हुने मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट चितवनको पश्चिमतर्फलगायत महाधिवेशन उद्घाटनस्थल क्षेत्रमा अत्यावश्यक बाहेकका गाडी सञ्चालनमा रोक लगाइने जनाइएको छ ।
महाधिवेशन उद्घाटन स्थलमा भीडभाड कम गर्न आसपासका क्षेत्रमा मङ्सिर ९ गते रातिदेखि नै पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइने जनाइएको छ ।
महाधिवेशन उद्घाटन समारोह चलिरहेकाे समयमा पश्चिमतर्फबाट आउने गाडीलाई गैँडाकोटमा रोकिने भएकाे छ । आवतजावतलाई सहज बनाउन मुग्लिङ–नारायणघाट सडक खण्डमा ट्राफिक प्रहरीको सङ्ख्या बढाइने भएकाे छ।
भीआईपी बस्ने ठाउँ र महाधिवेशन स्थललाई विशेष निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले जानकारी दिनुभयो । महाधिवेशन स्थलमा सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।