४० भन्दा बढी जिल्लामा आजदेखि कांग्रेसकाे जिल्ला अधिवेशन

 मंसिर १०, २०७८ शुक्रबार ९:१३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिनुभयो ।

 चितवनमा भने एमाले महाधिवेशनका कारण कांग्रेसले जिल्ला अधिवेशन सारेको छ । कांग्रेसको अहिलेसम्म ३० जिल्लामा अधिवेशन सम्पन्न भएको छ । अहिलेसम्म अधिवेशन सम्पन्न भएको जिल्लाबाट आएको परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षले १५ जिल्ला सभापति जितेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४  जिल्ला सभापति जितेको छ ।

कांग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उपसभापति दुई जना सचिव र दुई जना सहसचिव निर्वाचित हुने प्रावधान छ । जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्वाचनको माध्यमबाट चुनिने व्यवस्था छ । कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनित गर्ने प्रावधान छ ।

सदस्य निर्वाचन क्षेत्रका आधारमा कार्यसमितिमा चयन हुनेछ । पार्टीका जिल्ला सभापतिमा निर्वाचित विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारका बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् तर पहिलो पटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुने प्रावधान छ। 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया