एमाले महाधिवेशनमा १५ विदेशी पाहुना

 मंसिर १०, २०७८ शुक्रबार १२:४६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित  भएका छन् । 

भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित भएको एमालेले जनाएको छ । यसका साथै २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश समेत प्राप्त भएको पनि एमाले विदेश विभागले जानकारी गराएको हो । 

विदेशी पाहुनाहरूले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जानकारी दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरूसँग मङ्सिर १२ गते बिहान चितवनमा संयुक्त 'ब्रेकफास्ट मिटिङ' गर्ने कार्यसूची समेत रहेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया