कांग्रेसकाे आउँदाे महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्नुपर्छ : गगन थापा

 मंसिर ११, २०७८ शनिबार १३:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताउनुभएको छ । 

शनिवार नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफू महामन्त्री हुने कुरा गौण भए पनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताउनुभएको हो । उहाँले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताउनुभयो । नेता थापाले पार्टीको महाधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्ने बताउनुभयो ।

‘यो अधिवेशनबाट कांग्रेसको मूल अनुहार, कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ कि सक्दैनौँ त्यो सबैभन्दा ठूलो प्रश्न हो । हाम्रो अगाडीको सबैभन्दा ठुलो प्रश्न यो हो' उहाँले भन्नुभयो, 'हामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ । आम नागरिकको बीचमा गयो भने ठूलो निराशा छ । युवामा मेरो जीवनकालमा नेपाल बदलिन्छ भन्ने विश्वास चाहिएको छ । त्यो विश्वास दिनसक्ने नेपाली कांग्रेसको नेतृत्व चाहिएको छ ।’

नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहनेहरुको बीचमा एकता र समझदारी हुनु आवश्यक रहेको बताउनुभयो । कसले नेतृत्व गर्दा राजनीतिक रुपमा न्याय र जायज हुन्छ उसको नेतृत्वमा जानुपर्ने उहाँले बताउनुभयो । सकेसम्म १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका नेताहरु पुनः एकै ठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया