टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुटाउने कोसिस भइरहेका कारण आज आइतवार बिहान १० बजे नै सुरु हुनुपर्ने बन्द सत्र अझै सुरु हुन सकेको छैन ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई मनाउन नसक्नुभएका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षसहित अरू पदमा पनि सहमति जुटाउन सक्नुभएको छैन । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई दिन खोज्नुभएको छ तर सुवास नेम्वाङले पनि अडान छाड्नुभएको छैन् । केहीबेरअघि ओलीसँग भेट्नुभएका नेम्वाङले आफू नै वरिष्ठ उपाध्यक्षको दाबेदार भएको भन्दै अडान यथावत् रहेको सन्देश दिनुभएको छ ।
यस्तै उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहित सबैजसो पदमा आकाङ्क्षी धेरै भएपछि ओलीलाई सहमति जुटाउन समस्या भएको छ । हिजो शनिवार बेलुका बन्द सत्रमा अध्यक्ष ओलीलाई नाम सिफारिसका लागि सबै अधिकार दिने प्रस्ताव भएअनुसार आज बिहानैदेखि सहमतिको प्रयास चलिरहेको छ । तर अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालसहितका नेताले सिधै चुनावमा जानुपर्ने बताएका छन् ।
अहिलेसम्म बन्द सत्र सुरु नहुँदा निर्वाचनको कार्यतालिका पनि प्रभावित भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार हिजो बेलुका नै उम्मेदवारकाे मनोनयन र अन्तिम नामावली प्रकाशन भइसक्नुपर्ने थियो ।
एमालेमा अबको पाँच वर्षका लागि नेतृत्व छान्न देशभरिबाट दुई हजार एक सय ७५ प्रतिनिधि चितवनको सौराहामा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।