टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी रूपान्तरणका १० सूत्र सार्वजनिक गर्नुभएको छ । नेता पौडेलले कांग्रेसको अबको बाटो शीर्षकमा १० बुँदे एजेन्डा सार्वजनिक गर्नुभएको हो ।
नेता पौडेलले आज आइतवार सार्वजनिक गर्नुभएको सूत्रमा पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुद पार्न आह्वान गर्नुभएको छ ।
राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउनुपर्ने, राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न सङ्घर्ष गर्नुपर्ने लगायतका विषयहरू उहाँकाे एजेन्डामा समेटिएका छन् । नेपा पाैडेलले पार्टीको लोकतन्त्र क्षय भइरहेको भन्दै त्यसलाई जोगाउनुपर्ने बताउनुभएको छ ।
यस्तै २०१५ सालमा कांग्रेसले दुई तिहाइ जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै नेता पौडेलले कांग्रेसलाई त्यही अवस्थामा पुर्याउन प्रयासका लागि आह्वान गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।