सुशासन र विकासका लागि अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
चितवन – चितवनमा भइरहेकाे दशौँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि आज साेमवार राति ९ बजेदेखि मतदान हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म गरिने भएको हो ।
त्यस्तै मतदान सम्पन्न भएपछि १४ गते नै मतगणना गरिने, त्यही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम गर्ने निर्वाचन आयोगले निकालेकाे सूचनामा उल्लेख गरिएको छ ।
महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक चरणको उम्मेदवारको सूचीअनुसार केही समूहमा निर्विरोध र धेरैजसो समूहमा निर्वाचन हुने देखिएको हो । पदाधिकारी अन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने देखिन्छ । एक जना अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । ६ जना उपाध्यक्षका लागि सात जना र सात जना सचिवका लागि नौ जनाको उम्मेदवारी परेको परेको छ ।
खुला ८४ जना केन्द्रीय सदस्यमा ८५ जनाको उम्मेदवारी परेको छ । खुला (महिला) तर्फ पनि ५३ जनाका लागि ५४ जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएकाे छ ।सुदुरपश्चिमकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएको हो ।
प्रदेश १ को खुला सदस्यका लागि ६ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, वाग्मती प्रदेशमा ६ सदस्यका लागि आठ जना, कर्णाली प्रदेशमा ६ सदस्यका लागि सात जना र सुदूरपश्चिम प्रदेशमा ६ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिममा तीन सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
आदिवासी जनजातिको खुलातर्फ १७ सदस्यका लागि १९ र महिलातर्फ आठ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । मधेशीको खुलातर्फ १३ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । दलितको खुलातर्फ आठ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । थारुको खुलातर्फ पाँच सदस्यका लागि ६ जनाको र महिलातर्फ दुई सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ । मुस्लिम खुलामा चार जनाका लागि ६ जनाको उम्मेदवारी परेको छ । पिछडिएको क्षेत्रअन्तर्गत खुलातर्फ तीन सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।