खो–खो विश्वकप : पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । कोभिड-१९ को सङ्क्रमण पछि गएको सोमवार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज बिहान साढे ९ बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।
निमोनिया समेत भए पछि उहाँ अस्पताल भर्ना हुनु भएको थियो । उहाँ अस्पताल भर्ना भए पछि सर्वोच्च अदालतमा न्यायिक सम्पादन कार्य प्रभावित हुँदै आएका छन् । प्रधानन्यायाधीश जबराले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदा न्याय सम्पादनका काम प्रभावित भएको हो ।
सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर कार्यवाहक तोक्न सुझाव दिए पनि उहाँले त्यो प्रस्ताव अस्वीकार गर्नु भएको थियो । जबराले मङ्गलवार अदालत उपस्थित नै नभइ अस्पतालबाटै पेसी तोकेपछि रुष्ट बनेका कानुन व्यवसायीले बुधवार बहस बहिष्कार गरेका थिए ।
गोलाप्रथाबाट पेसी तोकिएको पहिलो दिन नै धेरैजसो मुद्दाको सुनुवाइ भएन । कानुन व्यवसायीले न्यायालयको नेतृत्व नै खाली भएको गम्भीर सवाल उठाएपछि हिजो न्यायाधीशहरू इजलास छाडेर छलफलमा बसेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।