तीनै तहकाे चुनावमा कांग्रेसलाई जिताउने दायित्व सबैकाे काँधमा छ : देउवा

 मंसिर १७, २०७८ शुक्रबार १४:१३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४ औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आउँदाे तीनै तहको चुनावमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताउनुभएको छ ।

प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअल रूपमा उद्घाटन गर्दै उहाँले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गर्दै कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर देशमा समृद्धिको पूर्वाधार खडा गरेको बताउनुभयो ।

संविधान जारी भएपछि प्रदेशको यो ऐतिहासिक पहिलो अधिवेशन भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘केही महिनाभित्रै पालिकाकाे चुनाव तथा एक वर्षभित्र सङ्घ र प्रदेशको चुनावमा जाँदैछाैँ । त्यसैले पनि १४ औँ महाधिवेशनलगत्तै हाम्रो ध्यान तीनै तहका चुनावतर्फ हुनुपर्छ । पार्टीका आन्तरिक चुनावमा हुने जित/हार एउटा स्वाभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईँहरूले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रूपमा लिएर आउँदा दिनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर नागरिककाे विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

लोकतन्त्र स्थापना र पुनर्स्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले जननायक वीपी कोइरालाको विचार अनि अन्य अग्रज नेताको योगदानलाई स्मरण गर्दै अब सबैले कांग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्ने उल्लेख गर्नुभयो । बलियो लोकतन्त्रमा मात्रै देशको विकास र समृद्धि सम्भव हुने भन्दै प्रधानमन्त्री देउवाले देशको विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विगतका घटनाक्रमले पुष्टि गरिसकेको उल्लेख गर्नुभयो । 

‘मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईँहरूले नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाउने तथा जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ’, उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागी सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया